मेराज सल्मानी
बाँके - खजुरा गाउँपालिका नेपालको पछिल्लो प्रशासनिक विभाजन अनुसार लुम्बिनी प्रदेश को बाँके जिल्लामा पर्दछ । खजुरा गाउँपालिका अन्र्तगत ८ वटा वडा रहेका छन । खजुरा गाउँपालिका वडा नं. ४ का अध्यक्ष टेक बहादुर रोका क्षेत्रि पनि एक हुन । राजनैतिक देखी आर्थिक, सामाजिक क्षेत्रमा उतिकै सक्रिय भुमिका निर्वाह गर्दै आइरहेका छन् । स्थानीय तहको दोस्रो पटक चुनावी प्रतिस्प्रर्धामा उनी वडा अध्यक्षमा निर्वाचित भएका हुन । अघिल्लो स्थानिय तह निर्वाचनमा उनी पराजित भएका थिए । उनी बिगत लामो समयदेखि राजनीतिक क्षेत्रमा सक्रिय हुनुका साथै विभिन्न खालका सामाजिक कार्यमा पनि तल्लीन थिए । आफ्नो वडामा देखाएको क्रियासिलताले वडावासिहरुको मनमा बस्न सफल भएका थिए । खानेपानी समस्या समाधान गर्न, बिद्यालयको शैशिक सुधारकालागी काम गर्न र वडास्तरबाटै जनमैत्री तथा सूचनामा वडावासिको पहुँच लगायतका बिषयमा निरन्तर अग्रसर हुने बताएका छन् ।
खजुरा गाउँपालिकाको वडा नम्बर ४ को वडाअध्यक्षमा मैले उम्मेदवारि दिएको थिए । म निर्वाचित पनि भएर जनताको सेवक भएर काम गर्ने मौका मिलेको छ । चुनावको समयमा जनता सामु गरेका प्रतिबद्धता अनुसार खजुरा वडा नम्बर ४ को आवश्यकता अनुसार शिक्षा, स्वास्थ्य, खानेपानी, संचार, विद्युतिकरण गर्ने कृषि उत्पादन बढाउन सिचाईं , जनताको जीवन स्तर उकास्ने, पर्यटन प्रबद्र्धन गर्ने स्थानीय कला संस्कृतिको जगेर्ना लगायतको प्रतिबद्धता गरेको थिए । त्यसै अनुसार मैले ५ बर्षको कार्यकालमा पूरा गर्ने लक्ष्य बोकेको छु । जनता बाट निर्वाचित भएर स्थानीय सरकारको जनप्रतिनिधि भएर जनताको सेवा गर्नु मेरो कर्तव्य सम्झेको छु । वडाको आवश्यकता र सापेक्षतामा योजना मन मस्तिष्कमा केन्द्रित गरेको छु । सबै काम पारदर्शी, छिटो छरितो व्यवस्थित गर्न र आयोजना अनुगमनका साथै गुणस्तरीय रूपमा सम्पन्न गर्न निरंतरता दिएको छु । वैदेशिक रोजगारीमा लागेको थिए । तर पनि मेरो सानै देखि समाजसेवामा काम गर्ने रुचि थियो । जस्ले गर्दा अहिले वडाको जिम्मेवारी प्राप्त पनि गरे । निर्वाचित भएको ९ महिना जति हुन लागेको छ । निरन्तर रुपमा वडावासिहरुको काम छिटोछरितो रुपमा प्रदान गरिरहेका छौँ ।
खजुरा गाउँपालिका वडा नम्बर –४ को वडा भवन वडा नम्बर ४ को इ गाउँमा शिलान्यास गरिएको छ । वडाको कार्यालय भवन निर्माणको ठेक्का ३३ लाखमा सम्झौता भएको छ । सुविधासम्पन्न कार्यालय भवन निर्माणको योजना समेत बताएका छन् । स्थानीय सरकारको विकासको गति र सम्भावनाका पाटाहरुलाई राम्रोसँग बुझेका रोकाले खजुरा वडा न ४ लाई आफ्नै कार्यकालमा समृद्ध तथा नमुना वडाका रुपमा परिचित गराउन लागेका छन । वडाभित्रका सडक नालाको तीब्र विस्तार, , स्वास्थ्य सेवा सुविधा , शिक्षा लगायतका क्षेत्रमा भएको परिवर्तनले वडावासिको जीवनस्तरको सहज हुने बताएका छन । चुनौतिहरुकै बाबजुत पनि नीतिगत तथा न्यायोचित तरिकाले कामहरु सञ्चालन गरिरहेका छौं । सबै राजनीतिक दलहरुसँग निरन्तर समन्वय गरेरै अघि बढेका छौं। सम्पुर्ण वडावासिहरु संगको सामुहिक रूपमा सहकार्य गरिएमा वडाको विकास गर्न सकिन्छ । दिर्घकालिन योजना समेतका धेरै बिषय जनताको सहयोगमा हुन्छ। वडा अध्यक्ष रोकाले बताएका छन् ।
जाडोकै कारण जिल्लाका बिद्यालयहरुमा पठन पाठन समेत प्रभावित भएको छ । शितलहरले बाली नाली, पशु र अन्य चौपायामा लगायत ठुलो मानिस र बच्चामा रुघा, खोकी, झाडा पखला, भई असर परेकोले यसबाट बाच्नका लागी सचेत रहन र न्यानो तथा बाक्लो खालको लुगा लगाउन वडावासिहरुमा समेत अनुरोध गरेका छन् ।