जानकी (बाँके) । जानकी गाउँपालिकाले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । १४औं गाउँसभामा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।
गाउँपालिका अध्यक्ष छब्बन खाँले तोकेका कार्यपालिका सदस्य टिकानाथ यादवले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति कार्यक्रमको पूर्ण पाठ:-
आर्थिक विकास सम्बन्धी नीति तथा कार्यक्रम
क) कृषि तथा पशु तर्फ
→ उत्पादनमुखि कृषि सेवा प्रदान गरिनुका साथै कृषकहरुको उत्पादनमा आधारित अनुदान कार्यक्रमहरु संचालन गरिने छ ।
> कृषि क्षेत्रमा सिंचाईको संभावित र दिगोपना हुने प्रविधि अबलम्बन गरि उचित किसिमको सिंचाई व्यबस्था उपलब्ध गराइने छ ।
> सबै प्रकारका आधुनिक कृषि उपकरणहरु उपलब्ध हुने गरि एउटा कष्टम हायरिङ सेन्टको स्थापना गरिने छ ।
> अन्य स्थानीय तहका कृषि शाखा र कृषि सम्बन्धि प्रदेश कार्यालय, संघीय कार्यालयहरुसँग समन्वय गरि कृषि सम्बन्धि नविनतम प्रविधिहरुलाई अवलम्बन गरि अनुभव आदान प्रदानका कार्यक्रम अघि बढाइने छ ।
→ व्यवसायी मुलक र रोजगारी मुलक कृषक समुह र कृषि सहकारी संस्थाहरुसँग साझेदारीमा प्रोत्साहनका कार्यक्रमहरु संचालन गरिने छ ।
→ कृषकहरुलाई आधुनिक प्रविधि अपनाएर व्यवसायीक बनाउन क्षमता अभिवृद्धि तालिम तथा सचेतना मुलक कार्यक्रमहरु संचालन गरिने छ ।
> खाद्य सुरक्षालाई सुनिस्चित गर्न विपन्न वर्गलाई निशुल्क र व्यवसायीक किसानलाई अनुदानमा उन्नत तथा हाइब्रीड वीउ विजन (तरकारी, अन्न वाली) उपलब्ध गराइने छ ।
> प्रत्येक वडामा पशु सेवा उप-शाखा संचालन को लागि २ कोठे भवन निर्माण गरिने छ ।
> विगत आ.व. जस्तै यस आ.व. मा पनि कृषकले पालन गरेका पशुपंक्षीहरुलाई निः शुल्क खोप लगाउने कार्य गरिनेछ ।
> विउविजन सुरक्षित भण्डारणको लागि हर्मेटिक (PICS) ब्याग क्रमश गाउँपालिकाका कृषकहरुलाई वितरण गरिने नीति ल्याइनेछ ।
> स्थानिय बाख्रामा नश्ल सुधारको लागि प्रत्यक वडामा साझेदारिमा उन्नत बोकाहरु वितरण गरिने छ ।
> पालिका अध्यक्ष संग अति विपन्न तथा पिछडियको वर्ग को लागि आयआर्जन का कार्यक्रम संचालन गरिने छ ।
> वडा कार्यालय संग समन्वय गरि प्रत्यक वडामा पशुपंक्षी को रोग निदान को लागि प्रयोगशाला सेवा कार्यक्रम संचालन गरिने छ ।
→ गाउँपालिकामा प्रदेश सरकारबाट अनुदान कार्यक्रम बाखा तथा भैसी प्रवर्धन कार्यक्रम सहकारी मार्फत गर्ने ।
> व्यवसाहिक रुपमा कृषि उत्पादन गर्ने उद्यमी बनाउन कपि व्याज अनुदानको व्यवस्था मनाउनको लागि रकम माग गर्ने ।
> सबै वडाहरुमा रहेका पशुहरुको लागि निशुल्क खोप कार्यक्रम संचालन
> गाउँपालिकाका कृषकहरुबाट उत्पादन हुने दुग्धहरुको गुणस्तर परिक्षण कार्यक्रम संचालनमा ल्याइनेछ ।
ख) लघु उद्यम बिकास शाखा:
★ गाउँपालिका आयआर्जन र सीप विकासका कार्यहरु सघनरुपमा वडा र बस्तीहरुमा पुर्याउन गरीवी निवारणका लागि लघुउद्दम विकास कार्यक्रममा जोड दिइनेछ ।
> बेरोजगार भई बसेका हरेक किसिमका महिला पुरुषलाई समेटिनेगरि लघु उद्यमका क्षेत्रमाप्रवेश गराउनका लागि अति विपन्न परिवार छनोट गरि उद्यमशिल्लतातालिमप्रर्दान गरिने छ ।
> लघुउद्यम सिर्जनाका लागि गरिबी निवारणमा टेवापुग्ने कार्यक्रम सन्चालन गरिने छ लघु उद्यमीहरुलाई गरिने छ ।
बित्तिय पहुँचमा सुनिश्चित गरी रोजगारी सिर्जना ★ छनोट गरे अनुसारका सिपविकास तालिमहरु प्रर्दान गरिने छ → ब्यावसाय बिस्तारमा टेवा पुराउनका लागि
- प्रविधि हस्तान्तरण कार्यक्रम सन्चालन गरिने छ। → जानकी गा.पा. अन्तर्गत बस्ने महिला, मधेसी, दलित अपाङ्ग, फरक क्षमता भएका व्यक्ति, जेष्ठ नागरिक, विपन्न र अवसरबाट बञ्चित, युवा तथा अन्य बेरोजगार व्यक्तिहरु लगायतको सशक्तिकरण, क्षमता विकास गरी बेरोजगारबाट स्वरोजगार तर्फ अगाडि बुझउनको लागि तथा स्थानिय स्तरमा उत्पादन र उपलब्ध हुने स्रोत साधनको उपयोगगरी आयआर्जनमा बढावा दिनको लागि विभिन्न इलेक्ट्रकल, मेसिनरी सामाग्री ममत सम्बन्धि तलिम, सिलाईकटाई, कपाल काट्ने, अटोपार्ट्स, मैन बक्ति बनाउने, चाउमिन बनाउने, अचार बनाउने, ब्यूटिपार्लर, लगायतका सिमुलक तालिम संचालनको लागि आवश्यक पर्ने बजेट माग गर्ने ।
ग) रोजगार शाखातर्फः
→ स्थानिय तहका बेरोजगार व्यक्तिहरुलाई रोजगारी प्रदान गर्नका लागि आवेदन आवहान गरी सूचीकृत गरिनेछ ।
→ सूचीकृत बेरोजगार व्यक्तिलाई प्रथामिकिकरणका आधारमा न्युनतम १०० दिनको रोजगारीमा संलग्न
गराईनेछ ।
> संघ प्रदेश तथा स्थानिय तह बाट गरिने रोजगार मुलक कार्यक्रममा विस्तार गरिनेछ ।
> आन्तरिक रोजगारी सिर्जना गर्न सरोकारवाला निकाय र निजि सहकारी तथा गैर सरकारी क्षेत्र संग सम्नवय र सहकार्यमा जोड दिईनेछ ।
→ रोजगार सेवा केन्द्रलाई थप सुदृढीकरण गरी श्रम डेस्क स्थापना र संचालन गरिनेछ ।
> संघिय सरकार बाट प्राप्त बजेट श्रमिकको ज्यालामा मात्र खर्च गर्नु पर्ने भएकोले आयोजनामा लाग्ने निर्माण सामाग्रि तथा अन्य सामाग्रिका लागि स्थानिय तह बाटै बजेट विनियोजन गरिनेछ ।
> वैदेशिक रोजगारीमा जान चाहनेलाई स्थानिय तह बाटै अनलाईन मार्फत श्रम स्वीकृतीको लागि सिफारिस गरिनेछ ।
वैदेशिक रोजगारमा जाने तथा जान चाहनेहरुका लागि सुचना तथा परामर्श प्रदान गरिनेछ । वैदेशिक रोजगार प्रर्वद्धन वोर्ड बाट उपलब्ध गराईने आर्थीक सहायता विवरण सम्बन्धी कार्यमा सहयोग पर्याउने कार्य स्थानिय तह बाटै अन लाईन माफत गरिनेछ ।
> बेरोजगारलाई रोजगारः साथमा छ वडा सरकार भन्ने नीतिअनुरुप बेरोजगार युवा लक्षित वर्गलाई माग र आवश्यकतामा आधारित सीपमूलक तालिम तथा सहयोग कार्यक्रम संचालन गरिनेछ ।
> बालश्रम निषेध गर्न उद्योग तथा कलकारखाना र व्यवसायमा नियमित अनुगमन तथा सचेतनामूलक कार्यक्रम संचालन गरिनेछ ।
> वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन श्रम स्वीकृती सम्बन्धी सचेतना कार्यक्रम संचालन गरिनेछ ।
→ स्थानीय तहको रोजगार रणनीति बनाई गाउँपालिका भित्र तत्कालै लाग गरिने नीति ल्याईनेछ । घ) सहकारी एवं वित्तीय व्यवस्थापन सम्बन्धि नीतिः
> सहकारीको प्रबद्र्धनबाट वस्तु र सेवाको उत्पादन, वितरण र वजारीकरणलाई व्यवस्थित गरिने नीति अवलम्वन गरिने छ ।
वैदेशिक रोजगारीमा जाने युवाहरुको तथ्याङ्क संकलन गरी प्रवासमा रहँदा आर्जन गरेको सीपलाई गरी फर्किएर आएका श्रमिकलाई स्वदेशमै पेशा व्यवसायमा लाग्न प्रेरित गरिने छ ।
प्राथमिकीकरणको व्यवस्था
→ सबै नागरिकलाई वित्तिय क्षेत्रमा पहुँच पु-याउने नीति लिईनेछ ।
→ सबै प्रकारका पेशा व्यवसायहरुलाई गाँउपालिका कार्यालय मार्फत दर्ता गर्ने प्रक्रियालाई व्यवस्थित बनाई
लागु गरिने छ । व्यवसायहरुको लगत राखि तथ्याङ्क व्यवस्थित गरिनेछ ।
> सहकारी मार्फत उत्पादन गरिएका तरकारी, फलफुल, माछा मासु, दुग्धजन्य परदार्थ तथा अन्य
खाद्यपदार्थको बजारीकरण र न्यूनतम मुल्य निर्धारणको नीति अवलम्बन गरिनेछ |
> सहकारी को अभिलेखीकरण व्यवस्थापन सम्बर्धन र प्रबधन गरिने नीति लिइनेछ |
सामाजिक विकास सम्बन्धी नीति तथा कार्यक्रम
आ.व. २०८०/८१ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु
क) स्वास्थ्य तथा सरसफाई
> नेपाल सरकारबाट स्वास्थ्य संस्थाहरुका लागि निशुल्क रुपमा प्रदान गरिदै आएका औषधिहरु तथा मेडिकल उपकरणहरु जानकी गाउँपालिका अन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा नियमित रुपमा आपूर्ति गरिने छ |
> सुरक्षित मातृत्व कार्यक्रमलाई प्रभाकारी वनाउन प्रोटोकल अनुसार गर्भवती जाँच गरे बापत प्रोत्साहन स्वरुप आयोनुन र साबून वितरण गरिने छ ।
→ यस जानकी गाउँपालिका अन्तर्गतका वर्थिंग सेन्टर संचालन हुन बाँकि रहेका स्वास्थ्य संस्थाहरुमा क्रमश वर्थिंग सेन्टर स्थापना गरिदै लगिने छ |
> खोप कार्यक्रमलाई ब्यवस्थित बनाउनका लागि जानकी गाउँपालिकामा खोप भण्डारणको व्यवस्थापन गरिनेछ |
> ५ वर्ष मुनिका बालवालिकाहरुको नियमित तौल अनुगमन गरि कुपोषित बालबालिकाको पहिचान तथा ब्यबस्थापन गरिने छ ।
> स्वास्थ्यका सूचक बढाउन वार्ड न. १ देखि ६ सम्मका गाउँ, समुदायमा महिला स्वा.स्व. सेविका हरुको उपस्थितिमा आमा समुहको मिटिंग लाई प्रभावकारी बनाईने छ ।
★ स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवाहरुलाई प्रभावकारी बनाउन मासिक मिटिंग, चौमासिक समिक्षा र वार्षिक समिक्षालाई निरन्तरता दीइनेछ ।
★ जानकी गाउँपालिका वार्ड न १ देखि ६ सम्मका स्वास्थ्य संस्थाहरुको भौतिक संरचनाहरुलाई विस्तार गर्नुको साथै स्वास्थ्य संस्थामा औजार र उपकरणको व्यवस्था मिलाईनेछ |
→ स्वास्थ्य संस्थाहरुमा प्रयोगशालाहरुको विस्तार गर्दै लगिनेछ । प्रयोगशाला को लागि आवश्यक केमिकल तथा औषधीहरु को व्यवस्था मिलाईनेछ ।
यस जानकी गा.पा.वार्ड न.१ देखि ६ सम्मका गर्भवती तथा सुत्केरी महिलाहरु लाई ल्याउन र पुर्याउन को लागि निशुल्क एम्बुलेन्स को ब्यबस्था गरिने छ |
→ जेष्ठ नागरिकहरुका लागि आँखा र कानको जाँचका लागि निशुल्क स्वास्थ्य शिविर संचालन गरिनेछ | बिभिन्न रोग सम्बन्धि बिशेषज्ञ चिकित्सक द्वारा निःसुल्क अध्यक्ष स्वास्थ्य शिविर संचालन गरिने छ | ★ कुष्ठरोग तथा क्षयरोग संक्रमण दर कम गर्नका लागि आवश्यक कार्यक्रम संचालन गरिने छ |
> स्वास्थ्य सेवालाई समुदाय स्तर सम्म प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई यातायात खर्च,संचार खर्च तथा प्रोत्साहन रकमको ब्यबस्था गरिने छ ।
→ महिला स्वास्थ्य स्वयं सेविकाको निर्देशिका अनुरुप उमेर पुरा भएका महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई सम्मानजनक विदाईको ब्यबस्था गरिनेछ र उत्कृष्ट कार्य सम्पादन गर्ने महिला स्वास्थ्य स्वयं सेविका लाई पुरस्कार को ब्यबस्था गरिने छ ।
> गुणस्तरीय स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्वास्थ्य क्षेत्रमा कार्यरत स्वीपर, कार्यालय सहयोगी, ल्याब असिस्टेन्ट, बर्थिंग सेन्टरमा कार्यरत अ.न.मी. तथा स्वास्थ्यकर्मीहरुको सेवा सम्झौतालाई निरन्तरता दिईनेछ |
> स्वास्थ्य शाखा तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई उत्कृष्ट कार्य सम्पादन गरे वापत पुरस्कार को ब्यबस्था गरिनेछ |
→ जानकी गाउँपालिकामा १५ सैया अस्पताल छिटो भन्दा छिटो सुचारु गरिने छ । अस्पतालमा आवश्यक फर्निचर, उपकरण, औषधी तथा कर्मचारीहरुको व्यवस्था गरिने छ |
→ जानकी गाउँपालिका अन्तर्गत वार्ड न. १ देखि ६ सम्मका स्वास्थ्य सस्थाहरुबाट सुरक्षित गर्भपतन (१० हप्ता सम्म को) सेवा प्रदान गरिने छ |
> स्वास्थ्य सस्था, स्वास्थ्य शाखा, जानकी गाउँपालिका को १५ शैया अस्पतालहरुमा दरबन्दी बाहेक सेवाग्राहीहरुलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक परेमा स्वीपर, चौकीदार, कार्यालय सहयोगी, ल्याब असिस्टेन्ट,कोल्डचेन असिस्टेन्ट, अ.हे.ब., अ, न, मी, स्टाफ नर्स, हे.अ., चिकित्सक भर्ना गर्न सकिने छ।
> खोपकेन्द्र भवन निर्माणमा जोड दिइने छ ।
> गर्भवती तथा सुत्केरी महिलाहरुलाई उपाध्यक्ष कोशेली पोषण प्याकेज वितरण कार्यक्रम संचालन गरिने छ ।
गर्भवती तथा सुत्केरी महिलाहरुलाई स्वास्थ्य सस्था बाट प्रेषण गरी भेरी अस्पताल, मेडिकल कलेज नेपालगंज,मेडिकल कलेज कोहलपुरमा पठाउदा निशुल्क एम्बुलेन्स को व्यवस्था गरिने छ ।
> स्वास्थ्य का सूचकहरुलाई बढाउन स्वास्थ्य सस्था, खोप क्लिनिक, पोषण कार्यक्रम, पि.एन.सि.भिजिट, आमासमुह मिटिंग, गाउघर क्लिनिकमा स्वास्थ्य सस्था बाट, स्वास्थ्य शाखा बाट, सामाजिक विकास समिति, पालिकाबाट व्यापक अनुगमनको व्यवस्था गरिने छ |
खुला दिशामुक्त कार्यक्रम लाई प्रभावकारी बनाउन सचेतनामुल कार्यक्रम संचालन गरिनेछ ।
जेष्ठ नागरिकहरुलाई (७० वर्ष माथि) घरैमा स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यकर्मी परिचालन गरिनेछ |
ख) शिक्षा.युवा तथा खेलकुद
★ " शिक्षित जानकी समृद्ध जानकीको " विकासको लागि शिक्षालाई पहिलो प्राथिकतामा राखिनेछ । शिक्षामा पहुँच, गुणस्तर र संस्थागत क्षमता विकासको लागि योजनावद्ध कार्य संस्कृतिको विकास गरिनेछ ।
> शैक्षिक गुणस्तर सुधारको लागि विभिन्न शिक्षक क्षमता विकास तालिम सञ्चालन गरिनेछ ।
> प्रारम्भिक बाल विकास केन्द्रका शिक्षक र विद्यालय कर्मचारीलाई नेपाल सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक उपलब्ध गराइनेछ ।
> गाउँपालिका अनुदान शिक्षक दरबन्दीमा कार्यरत शिक्षकहरुको तलब वृद्धि र शिक्षक कम भएको विद्यालयमा शिक्षक व्यवस्थापन गरिनेछ।
> नेपाल सरकारबाट अनुमति प्राप्त बाल विकास, मदरसा तथा गुरुकुल विद्यालयहरुमा विद्यार्थी संख्याको
आधारमा शिक्षक व्यवस्थापन र कार्यालय सहयोगीको व्यवस्थापन गरिनेछ ।
> युवाहरुलाई लक्ष्ति गरी विभिन्न प्रोत्सहानमुलक कार्यक्रम सञ्चालन गरिनेछ ।
→ स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने भनाइका साथ विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिनेछ ।
> विद्यार्थीको प्रतिभा पहिचानको लागि पालिका स्तरमा विभिन्न प्रोत्सहानमुलक कार्यक्रम सञ्चालन गरिनेछ।
> शैक्षिक गुणस्तर सुधारको लागि शैक्षिक भ्रमणको व्यवस्थापन गरिनेछ।
→ विद्यार्थीको मनोवल उच्च राख्नको लागि पालिका स्तरीय आधारभुत तह कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट छात्र तथा छात्रालाई पुरष्कृत गरिनेछ ।
> सामुदायिक माध्यमिक विद्यालयहरुमा सेनिटरी प्याड डिस्पोजल मेसिन जडान गरिनेछ।
> शैक्षिक गुणस्तर सुधारको लागि नियमित विद्यालय अनुगमन तथा सुपरिवेक्षण गरिनेछ ।
> सबै सामुदायिक विद्यालयमा विद्युत महसुल उपलब्ध गराइनेछ ।
> जानकी माध्यमिक विद्यालयमा यहि शैक्षिक सत्रदेखि साधारण धारतर्फ कक्षा ११ मा शिक्षक व्यवस्थापन गरी विज्ञान विषयको पठन पाठन सञ्चालन गरिनेछ र क्रमशः सबै मा वि मा कक्षा १२ सम्म पठनपाठनको व्यवस्था मिलाइनेछ ।
→ समुदायमा आधारित सबै बाल विकासहरुलाई क्रमशः विद्यालयमा ल्याइनेछ ।
> छात्राहरुलाई प्रोत्सहान गर्नको लागि पालिका स्तरीय उपाध्यक्ष कप भलिबल तथा कब्डडी प्रतियोगिता सञ्चालन गरिनेछ।
शैक्षिक सुधारको लागि संघ र प्रदेश सरकार सँग समन्वय र सहकार्य गरिनेछ ।
ग) जेष्ठ नागरिक, महिला, बालबालिका तथा अपाङ्ग
→ गाउँपालिका अध्यक्षसँग छोरी कल्याण कार्यक्रमलाई निरन्तरता दिई मुस्लिम, दलित तथा तराई मधेश
क्षेत्रमा छोरी मृत्युदरमा कमि ल्याईनेछ ।
→ सम्भावित लंगिंक हिंशापीडित महिलाहरुका लागि महिला सेवा केन्द्र अनाथ असहाय बालबालिकाहरुका लागि सहयोग र अफ्ठ्यारोमा परेका ज्येष्ठ नागरिकहरुका लागि वृद्धाश्रममा राख्न आवश्यक प्रक्रिया चलाईनेछ ।
★★ पालिकामा रहेका सबै खालका अपाङ्गता भएका नागरिकहरुलाई थप र क्याम्पहरु संचालन गरि तीनको वास्तविक अवस्था पत्ता लगाईनेछ । आवश्यक देखिएका सहयोग सामाग्रीहरु खरिद गरि सम्बन्धित घर टोलमै गई वितरण गरिनेछ साथै तीनका कार्यक्षमता र योग्यताका आधारमा क्षमता विकास एवं रोजगारीका अवसरहरु उपलब्ध गराईनेछ ।
★ बालक्लवहरुको सकृयता अरु थप मजबुत पारि बजेट कार्यक्रम मार्फत गाउँपालिकामा देखिने हिंशाका कुरितिहरु हटाउन, विद्यालय शिक्षामा व्याप्त शिक्षक विद्यार्थीहरु अनुपस्थिति राेकथाम लगाएतका सामाजिक कार्यहरुमा वडाहरुसँगसँगै समन्वय र सहकार्यमा लगाईनेछ ।
★ महिलाहरुको सशक्तिकरणको लागी महिला संग उपाध्यक्ष प्याकेज कार्यक्रम संचालन गरिनेछ ।
★ लागुऔषध दुर्व्यसनीको जोखिममा रहेका बालबालिकाको पहिचानलाई विषेश प्रथामिकतामा राखिनेछ । > बाल क्लब किशोरी क्लब युवा क्लब लाई सक्रिय बनाउन विभिन्न जीवन उपयोगी तालिम संचलन गरिने ।
> गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरिने छ ।
★ महिला जनप्रतिनिधिहरुको नेतृत्व विकास लाई विषेष जोड दिईने छ ।
★ जेष्ठ नागरिक संग अध्यक्ष कार्यक्रम संचालन गरिनेछ ।
★ अपांगता भएका व्यत्ति तथा जेष्ठ नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गरिनेछ ।
बालमैत्रि स्थानिय शासनको अवधारणालाई लागु गरिनेछ ।
★ छुवाछुत लैङ्गिक हिंसा वालविवाह सामाजिक अन्धविश्वास तथा कुसंस्कारका विरुद्ध जनचेतना कार्यक्रम संचालन गरिनेछ ।
★ महिला प्रजननसँग सम्बन्धीत जनचेतनामूलक कार्यक्रम तथा सामग्री वितरण गरिनेछ ।
★ किशोरी सशक्तीकरण कार्यक्रम गरिनेछ ।
★ नारी दिवस सम्बन्धी कार्यक्रम संचालन गरिनेछ ।
★ गाउँपालिका भित्र रहेका बहिराहरुका लागि सशक्तीकरण कार्यक्रम संचालन गरिनेछ ।
→ लैङ्गीक अल्पसंख्यकहरुको पहिचान तथा सचेतनामुलक कार्यक्रम संचालन गरिनेछ ।
घ) पंजीकरण शाखा
> सामाजिक सुरक्षा भत्ता नपाउने ६० वर्षदेखि ६८ वर्षसम्मका एकल नागरिकहरुका लागि बार्षिक १२००० प्रति व्यक्ति गाउँपालिका अध्यक्षसँग एकल नागरिक भत्ता कार्यक्रम संचालनमा ल्याइनेछ । ★ व्यक्तिगत घटना दर्ता सम्बन्धित कार्य गर्दा ३५ दिनभित्र दस्तुर नलाग्ने आमजनतामा सूचनाहरुको जानकारी गराइने छ ।
> सा.सु भत्ता खाने लाभाग्राहीहरुको वर्षमा एक पटक नाम नवीकरण गरिने छ ।
> व्यक्तिगत घटना दर्ता र सा.सु भत्ता सम्बन्धित तालिम गराइने छ ।
> सा.सु भत्ता सम्बन्धि बैंकसंग आवश्यक परेमा समन्वय तथा सहजीकरण गरिनेछ |
→ सा.सु भत्ता र घटना दर्ता शिविरका सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन गरिने छ |
> सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुलाई वित्तीय संस्थाहरु मार्फत वडा कार्यालयहरुबाट भत्ता उपलब्ध गराइने व्यवस्था क्रमश मिलाईनेछ ।
ङ) खानेपानी तथा सरसफाइ
> प्रदेश सरकारबाट निर्मात ठुलाठुला खानेपानि टयाङ्गीहरुको सदुपयोग गरेर अपुग रहेको लिङ्क पाईप जडान र गाउँ बस्तीहरुमा पिउने पानिको धाराहरु जडान र वितरणमा जोड दिइनेछ । बाँकि वस्तीहरुका विपन्न गरिव नागरिकहरुका घरघरमा पिउने पानीका नल्का वितरण र जडान गरिनेछ ।
क) पूर्वाधार विकास
पूर्वाधार विकास सम्बन्धी नीति तथा कार्यक्रम
→ युवाहरु लक्षित खेलकुद विकास गर्न पालिकास्तरीय क्रिकेट मैदान र फुटबल मैदान निर्माणको कार्य प्रकृया अघि बढाईनेछ ।
→ समग्र जानकी विकासको लागि सर्वपक्षिय छलफल बाट यस आर्थिक वर्षमा जानकी गाउँपालिकाको गाउँ गुरुयोजना तर्जुमा गरि अल्पकालिन, मध्यकालिन तथा दिर्घकालिन विकास लक्ष्यहरु निर्धारण गरिनेछ र गाउँ गुरुयोजनाका आधारमा योजनाहरुको प्राथमिकता क्रम निर्धारण गरेर आगामी वर्षहरुमा योजनावद्ध ढंगले भौतिक निर्माणका कार्यहरु संचालन गरिने र योजना बैड़क बनाईनेछ ।
→ बहुवर्षिय योजना सँगै जानकीको विकासका लागि मुल सडकबाट वडा कार्यालय जोड्ने र वडा देखि पालिका जोडने सडकहरु कालोपत्रे गर्न आवश्यक बजेटको व्यवस्था गरी निरन्तरता दिईनेछ ।
> गाउँपालिका भित्र वडा कार्यालयको भवन नभएको वडाहरुमा भवन निर्माणका लागि प्रकृया अगाडी बढाईनेछ ।
> आवश्कता अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन (IEE) गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
भौतिक संरचना जस्तै : भवन, बाटो, पुल, नहरहरु निर्माण गर्दा विपद् र वायो इन्जिनियरिङ्गलाई विशेष ध्यान दिई कार्य संचालन गरिनेछ ।
> पूर्वाधार निर्माणको क्षेत्रमा जनपरिचालन र जनसहभागितामा आधारित कार्यक्रमलाई संचालन गर्न प्रत्येक
वडाहरुमा टोल विकास संस्थाहरु गठन गरिनेछ ।
> भौतिक पूर्वाधार तथा संरचनाहरुको गुणस्तर कायम गर्न उपभोता समिति र अनुगमन समितिलाई थप
प्रभावकारी बनाइनेछ र कोटेशन विधिलाई निरुत्साहित गर्दै लैजाने नीति लिनेछ ।
> पर्यटकीय स्थलहरुको संरक्षण र निर्माण गरिने नीति ल्याइनेछ ।
> बिद्यालयका पुर्बाधार सरंचना निर्माण लाई बिशेष जोडिने छ ।
> पालिका भित्र रहेका तल तलैया र पानीका मूल हुने ठाउँ लाई कृषि कार्यका लागि उयोग गरिनेछ ।
नेपाल सरकारले लागु गरेको भवन निर्माण आचारसंहितालाई पुर्णतया पालना गरिनेछ । साथै सोही बमोजिम नयाँ बन्ने भवनहरुको नक्सा पास प्रक्रियालाई अनिवार्य गरिनेछ ।
> सार्वजनिक पूर्वाधार निर्माण गर्दा अपाङ्गमैत्री तथा बालमैत्री गराईनेछ ।
गाउँको व्यवस्थित शहरीकरणका लागि भवन निर्माण मापदण्डलाई थप प्रभावकारी रुपमा लागु गर्न निर्माण व्यवसायी तथा डकर्मिहरुलाईचरणबद्ध रुपमा तालिम दिइनेछ ।
> जानकी क्षेत्रमा रहेको सुरक्षा निकायहरुको भौतिक निर्माणका लागि संघ प्रदेश सरकार सँग अनुरोध गरिनेछ ।
गाउँपालिकास्तरीय विद्युतिकरण र गाउँवस्तीहरु उज्यालो कार्यलाई निरन्तरता दिईनेछ ।
★ गाउँपालिकामा रहेका प्रत्येक वडाका अधुरो खानेपानी तथा सरसफाई उपभोक्ता समितिहरुलाई व्यवस्थित
एवम् विस्तार गर्ने ।
★ गाउँपालिका सम्पूर्ण बस्तीहरुमा विद्युतसेवा व्यवस्था गर्ने ।
तथा सिचाईलाई विस्तार गरी उर्जामा सबैको पहुच पुराईने खानेपानीको धाराहरु जडान गर्न नसकेका गरिव विपन्न वर्गहरुलाई पानीको लागि आवश्यक पर्ने हेण्ड पाईप रहने धाराको व्यवस्था गर्नको लागि रकम माग गर्ने ।
जानकी गाउँपालिका अन्तर्गत रहेका विभिन्न सरकारी गैह सरकारी कार्यालयहरु, संघसंस्थाहरु लगायत यहाँको सम्पूर्ण पक्षहरुको रेकर्ड राखे तथा अभिलेखीकरणको लागि आवश्यक पर्ने बजेटकारी अभिलेखीकरण गर्ने |
ख) भूमि तथा भवन व्यवस्थापन
> गाउँपालिकामा रहेका भुमिहिन दलित र भुमिहिन सुकुम्बाशिहरुको आव २०७९ / ०८० देखि लगत संकलन कार्यविधि २०७८ अनुरुप आव २०८०/०८१ सम्म एकिन गरिएका लाभग्राहीहरुलाई जग्गासहितको लालपुर्जा वितरण गरिनेछ र अब्यबस्थित बसोबास गर्नेनागरिकहरुको नियमानुसार अपेक्षित नतिजा ल्याउने गरि कार्यप्रकृया अघि बढाईनेछ ।
→ गाउँपालिकाको औधेमिकं नीति तयार गरि आन्तरिक आम्दानि र उद्योगहरुरुको नियमन र व्यवस्थापन प्रभावकारिता ल्याईनेछ । साथै नयाँ औधोगिक क्षेत्रको स्थापना प्रकृया अघि बढाईनेछ ।
→ नेपालको संविधानमा मौलिक हकको रुपमा रहेको: सुरक्षित आवासको हक पुरा गर्ने मिसनमा लाग्न गाउँपालिकामा रहेका विपन्न गरिव नागरिकहरुका लागि संघ र प्रदेशकाका साथसाथै छुट लक्षितवर्गका लागि जनता आवास कार्यक्रम र सुरक्षित आवास कार्यक्रमको प्याकेज संचालनमा ल्याई आगामी ४ वर्षमा सबै नागरिहरुलाई सुरक्षीत आवासको हक सुनिश्चित गरिनेछ ।
> जानकी गाउँपालिकाभित्र रहेका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको निवेदन संकलन भैसकेको छ भने संकलन भएका निवेदनहरुको अनलाईन प्रणालिमा प्रविष्ट गर्ने कार्य अन्तिम अवस्थामा रहेको छ। गाउँपालिकाभित्रमा सबै भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासयुक्त जग्गाको नापि गर्ने, नक्सा श्रेस्ता तयार गर्ने कार्य समाप्त गरि जग्गाधनी प्रमाणपत्र पूर्जा समेत वितरण गर्ने नीति अवलम्बन गरिनेछ । आ.व २०८०/८१ मा घर नक्सा डिजिटाईजेसन गर्ने कार्यको सुरुवात गरिनेछ । वातावरण तथा विपत व्यवस्थापन सम्बन्धी नीति तथा कार्यक्रम वन, वातावरण तथा विपद व्यवस्थापन पालिकास्तरीय फोहोरमैला व्यबस्थापनको लागि डम्पिङ्ग साईड तोकि र संयन्त्र स्थापना गरिनेछ ।
> वातावरणीय तथा विपद क्षेत्र प्रबर्दनको लागि बजेट तथा कार्यक्रम ल्याइनेछ ।
वडागतरुपमा बिपत व्यवस्थापन जोखिम नक्साकन तयार भई सकेकोले सोही अनुसार कार्यक्रम निर्धारण गरिनेछ ।
→ यस जानकी गाउँपालिकामा स्थानीय आपतकालिन कार्यसंचालन केन्द्र (LEOC) को स्थापना गरिनेछ ।
→ नीजि वन र सामुदायिक बनलाई प्रोत्साहन गर्दै नीजि वन दर्तामा :
सहुलियत र उत्पादनको सहज विक्रि वितरणका लागि व्यवस्था गरिने नीति बनाइने छ । > प्लाष्टिक मुक्त गाउँपालिका अभियान संचालन गरिने छ ।
→ सार्वजनिक महत्वका सम्पदाहरु, खुल्ला क्षेत्र, पार्क, ताल तलैया, पोखरी, मनोरन्जनस्थल, वनभोज स्थलको संरक्षण गरिनेछ । जैविक प्रविधिमा आधारित क्रियाकलापहरुलाई प्रोत्साहन गरिनेछ । प्रदुषणस्तरको मापन गरिने नीति लिइनेछ | विषादीको प्रयोगमा नियंत्रण गर्ने कार्यक्रम ल्याईनेछ ।
→ प्रदुषण गर्ने कलकारखानाहरुलाई अनुगमन गरी प्रदुषण नियंत्रणका लागि विज्ञ ल्याई पहल गरिनेछ ।
> वडा स्तरका वातावरण तथा विपद व्यवस्थापन समितिका पदाधिकारीहरुलाई समन्वय गरिनेछ ।
> विपद जोखिमवाट वचाउन मेन पावरको क्षमता विकास तथा सामग्री व्यवस्थापन गरिनेछ ।
→ फलफुल तथा बोटविरुवा उत्पादन गर्ने किसानहरुलाई लक्षित गरी फलफुल तथा बोट विरुवाहरु अनुदानमा वितरण गर्ने गरी रकम माग गर्ने ।
> वडा स्तरिय विपद व्यवस्थापन समितिलाई क्रियासिल गराई विपदको अवस्थामा खोज, उदार, राहत र पुनस्थापना र पुननिर्माण कार्यालाई प्रभावकारी रुपमा अगाडि बढाउने निति लिइएको ।
> वडामा विपत परी आएको खण्डमा तत्काल राहत उपलब्ध गराउनका लागि स्थानीय निकायको बजेटबाट प्रत्येक वडामा विपत कोष स्थापना गर्ने र संचालन गर्ने ब्यवस्था मिलाउने ।
> वडाअध्यक्षसँग वृक्षारोपण कार्यक्रम संचालन गरिनेछ ।
> निजी परिवारिक वनलाई प्रोत्साहन गरिनेछ ।
> विपदबाट हुनसक्ने सम्भावित जोखिम न्युनीकरण गर्न वडा भित्रका जोखिमयुक्त क्षेत्रहरुको पहिचान र नक्साङ्कन गरिनेछ ।
★ विपद पूर्वतयारी एवम प्रतिकार्यका लागि वडा विपद व्यवस्थापन समितिलाई आवश्यक तालिमको व्यवस्था गरिनेछ ।
सुशासन तथा संस्थागत विकास सम्बन्धी नीति तथा कार्यक्रम
क) सुशासन तथा सेवा प्रवाह
> गाउँपालिकाका विभिन्न वडाहरुमा ईन्टरनेट सेवा विस्तार कार्यक्रम ल्याई स्थानिय नागरिकहरुलाई सार्वजनिक स्थलहरुबाटै सुचना प्रविधिको पहुचमा विस्तार गर्न सवै वडाका वस्ती टोलमा ईन्टरनेट उपभोग समितिहरु निर्माण गरि तीनकै सहकार्यमा ईन्टरनेट् सेवा जडान र विस्तार गरिदै लगिनेछ । जनप्रतिनिधि तथा कर्मचारीहरुलाई स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन Local Government Institutional Capacity Self - Assessment (LISA ), स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन FIDUCIARY RISK ASSESSMENT (FRA), PAMS (पाम्स) तथा राजश्व सम्बन्धी अभिमुखीकरण तालिम संचालन गरिनेछ ।
> गाउँपालिकाको वास्तविक आवश्यक जनशक्ति विवरण रहेको कर्मचारी दरवन्दी विवरण सुशासन समिति मार्फत एकिन गरि कार्यान्वयनमा लगिनेछ ।
★ विपन्न लक्षित वर्गहरुको पालिकास्तरीय तथ्याङ्क संकलन परामर्श सेवाबाट संकलन गरि तीनको मौलिक अधिकार सुनिश्चितता गर्न गाउँपालिकाका लक्षितवर्ग विशेषका शिक्षा स्वास्थ्य आवास आधारनै संचारमाध्यमहरुसँग सहकार्य भन्ने मुल ध्येय लिई लगाएतका सेवासुविधाहरु उपलब्भ गरिनेछ । गाउँपालिकाको परिचयको मुख्य मिडियामैत्री गाउँपालिका बनाउँदै लगिनेछ ।
★ नेपालको संविधानको मर्म सुरक्षित राखि सुरक्षित र स्वस्थ्य खाद्य उपयोगको विकास गर्दै लगिनेछ ।
•★ उपभोक्ताको हक हित अनुरुप संघीय लोकतान्त्रिक गणतन्त्र नेपालला मुर्तरुपमा कार्यान्वयन गर्न संघ, प्रदेश र स्थानिय सरकारहरु र तहाँ अवस्थित सवै सार्वजनिक निकायहरुसँग समन्वय,सहकार्य र सहयोग लिईनेछ ।
★ पालिकाको डिजिटल प्रोफाइल तयार गरि सेवा प्रवाहलाई विद्युतीय सेवा सँग आवद्ध गरिनेछ ।
> सार्वजनिक जवाफदेहिता, पारदर्शिता र जनउत्तरदायित्व प्रवर्धन गर्नका लागि सार्वजनिक सुनुवाई सार्वजनिक परीक्षण, हेल्प डेस्क, नागरिक भैला, सामाजिक परीक्षण जस्ता सुशासन संयन्त्रको प्रयोग गरिनेछ ।
> स्थानिय संचार नीति निर्माण गरी स्थानिय संचार गृहलाई सहयोग गर्दै जनगुनासो व्यवस्थापन, सूचनाको हक कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाईनेछ ।
> गाउँपालिकाको सेवा प्रवाहलाई प्रभावकारी बनाउन सुशासन व्यवस्थापन प्रणालीलाई समितिलाई अझ बढि प्रभावकारी बनाइनेछ ।
→ पटक-पटक सेवा खरिद गर्दा हुने कार्यबोझ र असहजतालाई विचारगरी पुराना सेवा करारमा लिई निरन्तरता पाएकाहरुलाई उनिहरुको योग्यता र आचारणको आधारमा कार्यालयको आवश्यकता र साधन स्रोत तथा क्षमतालाई हेरी निरन्तरता दिने नीति लिइनेछ ।
→ प्रदेश प्रशिक्षण प्रतिष्ठानसँग समन्वय गरि उपलब्ध जनशक्तिको क्षमता विकास गर्दै उत्कृष्ट कर्मचारीहरुलाई कार्यसम्पादनका आधारमा पुरुस्कृत गर्ने परिपाटिको व्यवस्था गरिनेछ ।
→ वडाबाट प्रवाह हुने सार्वजनिक सेवाको प्रगति विवरण चौमासिक रुपमा यस वडाको सूचना पाटीमा प्रकाशन गरिनेछ ।
ख) राजश्व प्रशासन, बाणीज्य तथा उधोग
वित्तीय मितव्ययिता आर्थिक अनुशासनलाई आन्तरिक खर्च नियन्त्रण कार्यविधि बनाई पुर्ण रुपमा कार्यन्वयन गराईनेछ ।
> आन्तरिक आयको वृद्धि तथा दिगो विकासका लागि कर प्रशासनलाई व्यवस्थित बनाइनेछ ।
> व्यवसायिक कर संकलन PPP को अवधारणा अनुसार अगाडि बढाइनेछ ।
> करको दायरा फराकिलो बनाउदै सम्पति कर लागू गर्न गाउँपालिकाका सबै करदाताहरुलाई समेट्नका लागि नीति निर्माण गरि करदाता शिक्षा कार्यक्रम संचालन गरिनेछ ।
> गाउँपालिका मित्र उच्चतम तथा नियमित कर तिर्ने करदाताहरुलाई सम्मान गर्ने नीतिलाई कार्यान्वयन गरिनेछ ।
> करको दायरा भित्र नपरेका र सार्वजनिक तथा सरकारी जग्गामा बसी व्यपार व्यावसाय गर्ने व्यावसायीहरु संग मापदण्ड तोकी बहाल बिटौरी कर लिने नीति लागु गरिनेछ ।
राजश्वको दायरा लचिलो र फाराकिलो पार्दे करमैत्री वातावरण निर्माण गरिनेछ / व्यवसायको प्रकार, प्रकृति र श्रेणी अनुसारको कर असुली गर्न, गाउँभित्रका सम्पूर्ण व्यवसायहरुलाई करको दायरामा ल्याई करदाताहरुलाई कर तिर्न प्रोत्साहन गरिनेछ ।
> सबै व्यापारिलाई गाउँपालिका र कर कार्यालयमा दर्ता हुनका लागि उद्योग वाणिज्य संघ सँग सहकार्य गरि व्यवसाय दर्ता शिविर राखिनेछ ।
> उठेको करको केहि अंश करदाता हितको लागि खर्च गरिने नीति लिईनेछ ।
★ स्थानीय स्रोत साधन र सम्भावना तथा तुलनात्मक लाभको आधारमा उद्योगीक ग्राम निर्माण गरि गरिवी निवारणमा देवा पुग्ने कार्यक्रम सञ्चालन गरिनेछ । व्यवसायिक किसान र महिला उद्यमीलाई सहुलियतसहितको वित्तीय पहुँचमा सुनिश्चित गरि रोजगारी सिर्जनामा प्रोत्साहन गरिनेछ ।
→ जानकी गाउँपालिका क्षेत्रमा प्रत्यक्ष रोजगारी दिने खालका उद्योग स्थापन गर्न चाहेका आवश्यक सहयोग सहजिकरण गर्ने र केहि अवधि वर्ष सम्म कर छुट निति अवलम्बन गरिनेछ ।
> नियमित वजार अनुगमन र बजार नियमन कार्यलाई निरन्तरता र प्रभावकारी बनाईनेछ । उपभोक्ता शिक्षा, जागरण र संचेतिकरणका कार्यक्रमहरु सञ्चालन गरी उपभोक्ता हितको संरक्षण र प्रवर्द्धन गरिनेछ ।
> वडा भित्र संचालनमा रहेका उद्योग, कलकारखाना, थोक विक्रेता पसल, खुद्रा पसल, औषधी पसलहरुलाई करको दायरामा ल्याई राजश्व वृद्धि गर्ने र निजहरुलाई प्रोत्साहन गर्ने व्यवस्था गर्ने |
> यस गाउँपालिका क्षेत्र भित्र संचालन रहेका उद्योगहरुको एकीकृत विवरण तयार गरिनेछ ।
> वजारमा गुणस्तरीय वस्तुको आपूर्ति सुनिश्चितताको लागि बजार अनुगमन कार्यलाई प्रभावकारी बनाइनेछ ।
→ उत्कृष्ट करदाताहरुलाई पुरस्कार र प्रशंसा पत्र प्रदान गरि राजस्व संकलन र व्यवस्थापनलाई प्रोत्साहन गरिनेछ |
ग) न्याय प्रणाली
> स्थानीय तहलाई संविधानत प्राप्त न्यायिक अधिकारलाई जनताको प्रत्यक्ष अनुभुति गर्ने गरी सहजीकरण गरिनेछ । गाउँघर समाजमा उत्पन्न विवादको सुचिकृत मेलमिलापकर्ता तथा सहजकर्ता मार्फत सम्भव भए सम्म दुवै पक्षलाई मेलमिलाप र समझदारी गराई विवाद निरुपण गरिनेछ । न्याय प्रणालिलाई पहुँच योग्य र सरलीकृत बनाईने छ ।
> न्यायिक समितिका पदाधिकारी तथा गाउँ कार्यपालिकावाट सूचिकृत मेलमिलापकर्ता तथा सहजकर्ताहरुलाई समयानुकुल पुनर्ताजगी तथा क्षमता विकास सम्बन्धी तालिम प्रदान गरिने छ ।
> न्यायिक समितिको क्षेत्राधिकार भित्र पर्ने मद्दाहरुको निष्पक्ष छानविन गरि पिडित पक्षलाई न्यायको प्रत्याभुत हुनेगरी समयमै मुद्दा मामिलाको छिनोफानो गरिनेछ ।
> न्यायिक समितिका पदाधिकारीहरुलाई तालिमको व्यवस्था गर्ने ।
★ न्याय प्रदान गर्दा न्यायिक मनको प्रयोग गरी निष्पक्ष न्याय प्रदान गर्ने छ ।
→ मेलमिलापको माध्यामवाट विवाद समाधान हुँदा हुने फाईदाको वारेमा सडक नाटक द्धारा स्थानिय जनमानसमा जनचेतना फैलाउने ।
> प्रणालीलाइ पहुँच योग्य र क्षमता विकाशको लागी नजिकको जिल्लाहरुमा कम्तीमा ४ वडा गाँउपालिकाको न्यायिक समितिले प्रदान गरिने सेवा र न्यायको अवलोकन तथा भ्रमणको लागी > म भ्रष्टाचार गर्दिन र भ्रष्टाचार गर्ने पनि दिदैनको नारालाई प्राथमिकतामा राखी त्यस्तो ब्य उपर कडा भन्दा कडा कार्यवाही गर्नको लागी उपाध्यक्षको संयोजकत्वमा ५ सदसिय समितिको गठन गरिने छ ।
> अध्यक्ष संग गुनासो व्यवस्थापन नीति ल्याइनेछ ।
जानकी गा.पा. अन्तर्गत वडामा संचालित भै आई रहेको न्यायिक मेल मिलापका पदाधिकारी र संयोजकहरुलाई कम्तीमा ३ महिनाको कानुनी सम्बन्धी परामर्श तालीमको ब्यवस्था गरी स-साना झगडा मिलापत्र गर्न सक्ने कार्य योजना बनाई संचालन गर्ने ।
> न्यायिक मेल मिलाप गराउन र बस्नका लागि छुट्टै इजलाशको व्यवस्था गर्ने ।
गाउँपालिकाले ४६ करोडको बजेट ल्याएको छ । आगामी आर्थिक बर्ष २०८०/८१ का जानकीले ४६ करोड १० लाख ८९ हजार ६१६ रुपैयाँको बजेट ल्याएको हो । गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले बजेट प्रस्तुत गरेकी थिइन् ।
सबैभन्दा बढी बजेट शिक्षामा विनियोजन गरिएको छ । शिक्षामा १४ करोड ७४ लाख रुपैयाँ छुट्याइएको छ । यस्तै स्वास्थ्यतर्फ ५ करोड ५८ लाख बजेट विनियोजन गरिएको छ ।
सामाजिक विकासतर्फ कुल २० करोड ४७ लाख रुपैयाँ विनियोजन गरिएको छ । आर्थिक विकासतर्फ जानकीले १ करोड ६९ लाख पचास हजार रुपैयाँ विनियोजन गरेको छ । आर्थिक विकासतर्फ कृषि शाखाका लागि ४१ लाख ५० हजार रुपैयाँ छुट्याइएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए ।
यस्तै पूर्वाधार विकासतर्फ १२ करोड ९१ लाख, वन वातावरण तथा विपततर्फ छब्बिस लाख र सुशासन तथा संस्थागत क्षमता विकासतर्फ १० करोड ७७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।