संचारकर्मी कडेलले सामाजिक संजाल मार्फत पत्रकार बस्यालमाथि जातीय विभेद

शाख न्यूज    प्रकाशित: २०८१-१-२ गते   ३०१ पटक हेरिएको

सुर्खेत २ बैशाख - संचारकर्मी तथा पञ्चपुरी–४ सुर्खेत निवासी दिलिप कडेलले रेडियो बिजी एफ.एमका संचालक एव पत्रकार टेकेन्द्र बस्यालमाथि जातीय विभेद गरेको आरोप लागेको छ । संचारकर्मी कडेलले सामाजिक संजाल फेसबुक र म्यासेन्जरको प्रयोग गरि पत्रकार बस्यालमाथि जातीय विभेद गरेको पिडित बस्यालले जनाए ।

कडेलले गएको र फागुन १४ गते र चैत १० गते फेसबुकमार्फत जातीय अपमान र अपशब्द प्रयोग गर्दै विभेद गरेका हुन् । जातीय भेदभाव तथा छुवाछुत कसूर र सजाय ऐन २०६८ विपरीत कडेलले जातीय विभेद हुने र जातीय अपमानजनक शब्द प्रयोग गरेका थिए । कडेलले जातीय भेदभाव तथा छुवाछुत कसूर र सजाय ऐन २०६८ दफा ४ को उपदफा १२ विपरीत पत्रकार बस्यालमाथि विभेद गरेका हुन् । कडेलले अर्का संचारकर्मी विक्रम तिवारीसंग कुराकानी गर्दै गएको चैत १० गते “अरु दलित साथीहरु फरक होलान् तर त्यो दलितको दलित नै हो निच सोचाई भएको दलित हो त्यो ” भनि लेखका छन् ।

यस्तै गएको फागुन १४ गते “निगालाको लौरी, दलित संगको सौणी पार लाग्दैन्ु भन्थे बुढापाकाले” शब्द लेखि पत्रकार बस्याललाई विभेद र अपमान गरेका हुन् । जातीय भेदभाद तथा छुवाछुत कसूर र सजाय ऐन २०६८ दफा ४ को उपदफा १२ ले कसैले श्रव्य दृश्य सामग्री, लेख रचना, आकार, कार्टुन, पोष्टर, पुस्तक वा साहित्यको प्रशारण, प्रकाशन वा प्रदर्शन गरेर वा अन्य कुनै तरिकाले कुनै जात जाति वा उत्पतिका व्यक्तिको उचनीच दर्शाउने, जात जातीका आधारमा हुने सामाजिक विभेदलाई न्यायोचित ठहराउने वा जातीय सर्वोच्चता वा घृणामा आधारित विचारको प्रचार प्रसार गर्ने, अपमानजनक शब्दको प्रयोग गर्ने वा आचारण, हाउभाउ वा व्यवहारबाट त्यस्तो संकेत गर्ने वा जातीय विभेदलाई कुनै पनि किसिमले अभिवृद्धि गर्ने किसिमबाट उक्साउन वा दुरुत्साहन गर्न वा गराउन हुदैन्, भनी उल्लेख गरेको छ । उक्त ऐनको दफा १२ बमोजिमको कसुुरमा कसुर गर्ने व्यक्तिलाई एक महिनादेखि एक बर्षसम्म कैद वा पाँच सय रुपैँयादेखि दश हजार रुपैँयासम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरेको छ ।

आफूमाथि जातीय विभेद भएको भन्दै पत्रकार बस्यालले आफू प्रहरीमा जाहेरी दर्ता गरि कानुनी उपचार खोज्ने बताएका छन्  । पत्रकार कडेलमाथि जातीय विभेद मुद्धा दर्ता भएमा कानुन अनुसार एक महिनादेखि एक बर्षसम्म कैद  वा पाँच सय रुपैँयादेखि दश हजार रुपैँयासम्म जरिवाना वा दुवै सजायको व्यवस्था हुने छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech