स्थापना दिवसमा युनियन बाँकेले फुटसल र स्वास्थ्य शिविरको आयोजना गर्दै

युनियन द्वारा जेठ १२ गते फुटसल र १३ गते निशुल्क स्वास्थ्य सिविर

शाख न्यूज    प्रकाशित: २०८१-२-१० गते   १९६ पटक हेरिएको

नेपालगन्ज  -  नेपाल प्रेस युनियनले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । युनियनको ३३ औं स्थापना दिवसको अवसरमा युनियन बाँकेले पत्रकारहरुका लागि निःशुल्क स्वास्थ्य शिविर र मैत्रीपूर्ण फुटसल प्रतियोगिता कार्यक्रम गर्ने भएको हो । 

युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा बसेको सचिवालय समितिको बैठकले  २०८१ जेष्ठ १२ गते प्रेस युनियनकर्मीसँग स्वास्थ्यकर्मी र महिला उद्यमीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता गर्ने निर्णय गरेको छ । निशुल्क स्वास्थ्य शिविरमा जिल्लामा रहेका विभिन्न आस्थावान संगठनका पत्रकारहरु समेत सहभागी भएर स्वास्थ्य चेकजाँच गराउन सकिने  प्रेस युनियनका अध्यक्ष ढकालले जानकारी दिएका छन् ।

यस्तै जेष्ठ १३ गते बाँकेका सम्पूर्ण पत्रकारहरुलाई लक्षित गरि निःशुल्क स्वास्थ्य परामर्श तथा स्वास्थ्य परीक्षण शिविर गर्ने निर्णय गरेको छ । नेपालगन्जको गणेशमान चोकस्थित लक्ष्मी सरस्वती पोलिकिल्निक एण्ड डाइग्नोष्टिक सेन्टरसंँगको सहकार्यमा स्वास्थ्य शिविर गरिने भएको हो ।  

फुटसलका लागि नेपालगन्ज उपमहानगरपालिका वडा नंं. –१० मा रहेको बागेश्वरी फुटसल एण्ड स्पोर्ट्स  हबसँग प्राविधिक सहकार्य गरेको छ । स्थापना दिवसको अवसरमा केही रचनात्मक गतिबिधि गर्ने भनेर पत्रकारहरुका लागि निःशुल्क स्वास्थ्य शिविर र फुटसल प्रतियोगिता गर्न लागिएको युयिनयन बाँके शाखा सचिव भिष्म लोधले जानकारी दिए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech