नेपालगन्ज । सर्लाहीको चन्द्रनगर गाउँपालिका-१ मा रहेको आफ्नै घरमा राज्यमन्त्री रायको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
सर्लाही प्रहरीका अनुसार गएराति ८० वर्षीय पूूर्व राज्यमन्त्री रायको अज्ञात समूहले हत्या गरेको हो । ३० वर्षअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट भूूमिव्यवस्था राज्यमन्त्री भएका रायको हत्या भएको खबर पाए लगत्तै प्रहरी घटनास्थल पुगिसकेको जनाएको छ ।
हत्या कसले गरेको भन्ने बारेमा अझै केही जानकारी भइनसकेको प्रहरीले जनाएको छ ।