गाउँपालिकाद्वारा अस्पताल संचालनका लागि आवश्यक सामग्री सहित स्वास्थ्य दरबन्दीको माग

शाख न्यूज    प्रकाशित: २०८१-४-३० गते   १९९ पटक हेरिएको

कंचनपुर ३० साउन -  कंचनपुरको लालझाडी गाउँपालिकाद्धारा सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयलाई १० सैया अस्पताल सञ्चालनका लागि आवश्यक सामग्री सहित स्वास्थ्य दरबन्दीको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।

लालझाडी गाउँपालिका उपप्रमुख सपना चौधरी राना नेतृत्वमा बुधवार सामाजिक विकास मन्त्री मेघराज खडकालाई ज्ञापन बझाएको लालझाडी गाउँपालिकाले जनाएको छ । 

ज्ञापन पत्र बुझाउदै लालझाडी गाउँपालिका वडा नं.३ मा  १० सैयाको भवन बनेर हस्तान्त्रण समेत भइसकेकाले तत्काल संचालन गरिदिन मेसिनरी, औजार, औषधीका साथै आवश्यक दरबन्दी समेत व्यवस्थापन गरिदिन उपप्रमुख रानाले आग्रह गरेकी छिन् । ( साभार: पश्चिम समाचार डटकमबाट )

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech