डोटी - सुदुरपस्चिम प्रदेशको डोटी जिल्लामा आफ्नै श्रीमती ४५ वर्षीया नरू साउँदको हत्या गरेको अभियोगमा पूर्वीचौकी गाउँपालिका-५ उपरकाँडा बस्ने ५० वर्षीय पदी साउँदलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
घटना बुधबार दिउँसो ३ बजेतिरको रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका साउँदले आफ्नै घरको आँगनमा श्रीमती ४५ वर्षीया नरु साउँदको घाँटीमा हसिया प्रहार गरेर हत्या गरेको प्रत्यक्षदर्शीले बताएको प्रहरीले जनाएको छ।
पदीले आफ्नै घर आँगनमा हँसिया प्रहार गर्दा नरूको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सानागाउँ र जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।