बाँके ०२ भदौ - वडा प्रहरी कार्यालय नेपालगन्जले भन्सार छलि गरि ल्याईएकाे १ लाख भन्दा बढिकाे सामान नेपालगन्जबाट बरामद गरेकाे छ ।
बिहिबार नेपालगन्ज उपमहानगरपालिका वडा नं. २३ जंगलिसिंहपुर्वाबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याईएका काँसको थालहरु बरामद गरिएको हो ।
गोप्य सुचना प्राप्त भएलगत्तै वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक हरि बहादुर बि.सी.को कमाण्डमा खटिएको प्रहरी टोलिले बेवारिसे अबस्थामा रहेको काँसको थालहरु बरामद गरिएको थियो ।
बरामद गरिएका काँसको थालहरु अन्दाजी भन्सार मूल्य रु. १ लाख १ हजार २ रुपैयाँ बराबर रहेको प्रहरी निरीक्षक बि.सी ले बताएका छन् ।
बरामद भएको काँसको थालहरुलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि शुक्रबार नेपालगंज भन्सार कार्यालयमा पठाईएको वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ ।