संघर्ष समितिद्वारा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

शाख न्यूज    प्रकाशित: २०८१-५-१६ गते   १७३ पटक हेरिएको

बाँके १६ भदौ - दलितको एकता आजको आवश्यकता मुल नाराका साथ नारिहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । संयुक्त दलित संघर्ष समिति बाँकेले कोहलपुर स्थित भेरी शीत भण्डारमा तीज मिलन तथा दर खाने कार्यक्रम आइतबार आयोजना गरिएको थियो । 

आयोजित कार्यक्रममा कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरी प्रशाद विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथि बिश्वकर्माले  कार्यक्रमलाई सम्बोधन गर्दै  महिलाहरुले मनाउने महान पर्व हरितालिका तिजको शुभकामना दिएका थिए । 

संयुक्त दलित संघर्ष समितिका संयोजक तथा कार्यक्रमका सभाध्यक्ष कृष्ण विके रसाइलीले पार्टीमा लागेर हामी विभाजित हुँदै आएका थियौं अव हामी एक एकजुट भएर लाग्नु पर्ने बताएका छन् । संधै अरुलाई भोट दिएर जिताएता पनि राजनीतिक, सामाजिक लगायत विभिन्न किसिमका अवसरहरु बाट पनि बन्चित गराएको हुँदा हामीले आगामी निर्वाचनका लागि दलित समुदायवाट तिनै तहमा विपन्न ,गरिव लगायत पिछडिएका वर्गहरु संग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्दै हरितालिका तीजको शुभकामना समेत संयोजक रसाइलीले दिएका छन् । 

संघर्ष समितिका सह-संयोजक अम्मर बिकले स्वागत मन्तव्य दिएका थिए भने समितिका सचीव दिल बहादुर बिकले कार्यक्रम संचालन गरेका थिए । सामुहिक रुपमा नृत्य प्रस्तुत गरि दर खाएर मनाएका थिए ।आयोजित कार्यक्रममा संयुक्त दलित संघर्ष समिति उप-सचीव तथा दलित महिला संघ बाँके अध्यक्ष निर्मला सुनार, दलित जनप्रतिनिधि, सो कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, दलित अगुवा, कर्मचारीलगायत विभिन्न संघ संस्थामा आवद्ध प्रतिनिधि लगायत दलित महिलाहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech