बाँके - नेपाल किसान महासंघ बाँकेले विभिन्न मागसहित सरकारलाई शुक्रबार ज्ञापन पत्र बुझाएको छ ।
महासंघ बाँकेका अध्यक्ष लाहुराम थारुको नेतृत्वमा नेपाली काँग्रेस बाँकेको पदाधिकारीहरु सहितको संयुक्त टोलीले किसानहरुको विभिन्न मागसहितको ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालयमा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई ज्ञापन पत्र बुझाएको छ ।
सो क्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रिजालले आफुले सम्बन्धित निकायमा पठाउने प्रतिक्रियाका साथै यसका लागि सरोकारवाला पक्षसंग आवश्यक परामर्श गर्ने बताएका छन् ।
नेपाली काँग्रेस बाँकेका उपसभापति गोपाल प्रसाद अधिकारीले किसानहरुलाई नेपालगन्ज आएर धान बिक्री गर्न समस्या भएको हुँदा क्षेत्रगत रुपमा खरिद केन्द्र स्थापनाका लागि अनुरोध समेत गरेका छन् ।
कृषिजन्य बस्तु र अन्य कृषि उत्पादन बस्तुको मुल्य तोक्न तथा तत्काल मलखाद, बिउ बिजन र किटनाषक औषधी उपलबध गराउन सरकारसँग ज्ञापन पत्रमार्फत माग गरिएको छ ।
काँग्रेस बाँकेको व्यवस्थापन तथा संयोजनमा भएको ज्ञापन पत्र बुझाउने कार्यक्रममा काँग्रेस जिल्ला सचिव सुधान्सु कोइराला लगायतको सहभागिता रहेको थियो ।