नेपालगन्जका विभिन्न स्थानबाट ३३ लाख भन्दा बढिको अवैध सामान बरामद

वडा प्रहरी कार्यालय नेपालगन्जद्वारा भन्सार छलि गरेर ल्याइएको अन्दाजी ११ लाख ८८ हजार रुपैयाँ बराबरको १ हजार ८० पिस मोबाइल डिस्प्ले बरामद

शाख न्यूज    प्रकाशित: २०८१-६-१५ गते   १७४ पटक हेरिएको

बाँके - जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सोमबार एकै दिन नेपालगन्जवाट भन्सार छलिको सामानहरु बरामद गरेको हो । नेपालगन्जका विभिन्न स्थानबाट ३३ लाख भन्दा बढिको अवैध सामान बरामद गरिएको छ ।

खटिएको प्रहरी टोलिले  नेपालगन्ज उपमहानगरपालिका वडा नं-४ को न्यूरोडबाट ११ क्विन्टिल चिनी सहित ढुवानीमा प्रयोग भएको गाडी नियन्त्रणमा लिएको हो । भारतबाट नेपालतर्फ भन्सार छलि गरि ल्याइएको गाडीसहित करिब १० लाख ८८ हजार बराबरको सामान बरामद गरेको बाँकेका प्रहरी प्रमुख तुल बहादुर कार्कीले जानकारी दिएका छन् ।

यस्तै सोमबार नै नेपालगन्ज  उपमहानगरपालिका वडा नं-१ को धम्बोझीबाट भन्सार छलिको कुर्ता सुरुवाल र बच्चाको जुत्ता लगायत अन्दाजी ४९ हजार ७ सय रुपैया बराबरको सामान प्रहरीले बरामद गरेको छ ।

यसैगरी वडा प्रहरी कार्यालय नेपालगन्जले अवैध रुपमा भन्सार छली गरि ल्याइएका मोबाइलका डिस्प्ले बरामद गरेको छ । नेपालगन्ज  वडा नं-४ सल्यानीबंगलाबाट अन्दाजी ११ लाख ८८ हजार रुपैयाँ बराबरको भन्सार छलि गरेर ल्याइएको १ हजार ८० पिस मोबाइल डिस्प्ले बरामद गरिएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक अरुण बमले  जानकारी दिएका छन्  ।  

बरामद गरिएका सामानहरु थप अनुसन्धान तथा आवश्यक कारवाहीकालागि मंगलबार नेपालगन्ज भन्सार कार्यालय बुझाइएको बाँके प्रहरीले जनाएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech